बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ३२ जना उपत्यकाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा १७ महिला र ११ पुरुषमा र भत्तपुर र ललितपुरका दुईरदुई जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५१९ पुगेको छ । कोरोना संक्रमण निको भएर ५ हजार ३ सय २० जना घर फर्किएका छन् । बिहिबार ६ सय ६४ जना कोरोना उपचारपछि निको भएर घर फर्केका छन् ।
प्रकाशित: १८ असार २०७७ ११:१८ बिहीबार