समाज

रुपन्देहीको सैनामैनामा दुर्घटना, बुवा छोराको मृत्यू

रुपन्देहीको सैनामैनामा सोमबार दिउँसो कारले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यू भएको छ । दुर्घटनामा परि मोटरसाइकलमा सवार सैनामैना–१ बस्ने वर्ष ३० का सन्तोष परियार र पछाडी सवार बुवा ५० वर्षीय टेक बहादुर परियारको मृत्यू भएको हो ।  

पुर्व पश्चिम राजमार्ग अन्तर्गत सैनामैना–८ कलौन शान्तिटोलमा कपिलवस्तुबाट बुटवलतर्फ आउँदै गरेको लु२च ८५२९ नम्बरको कार र बिपरित दिशाबाट गइरहेका लु५२प ६२२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको थियो। दुर्घटनामा परि घाईते भएका दुबै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यू भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठोरले जानकारी दिए ।

कार र मोटरसाइकल इलाका प्रहरी कार्यालय सालझण्डीको नियन्त्रणमा रहेको छ भने घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १५ असार २०७७ १०:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App