समाज

ललितपुरमा एक जना कोरोना संक्रमित पुरूषको मृत्यु

ललितपुरस्थित स्टार हस्पिटलमा उपचाररत २९ वर्षीय एक पुरुषको मृत्यु भएको छ। गएराति उपचारकै क्रममा मृत्यु भएका उनको स्वाव परीक्षण गर्दा कोरोना पोजिटिभ भेटिएको हो । उनलाई श्वास–प्रश्वासमा समस्या भएपछि स्टार हस्पिटलको आईसियूमा भर्ना गरिएको थियो ।  

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना पुष्टि भएपछि उनको शव व्यवस्थापनको लागि वैठक बसिरहेको ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले बताए। युवक दमको रोगी थिए । मृतक युवकसहित नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।  

स्टार हस्पिटलका डा. अनिल पोखरेलका अनुसार युवकलाई १३ गते नै रौतहतवाट स्टार अस्पताल ल्याइएको थियो । ल्याएको चार घण्टामै उनको मृत्यु भएको हो । एक साता अघि नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना भई डिस्चार्ज भएका थिए र त्यो भन्दा अघि भारतमा पुगेर उपचार गराएका थिए । भारतमा परीक्षण गर्दा उनमा कोरोना थिएन । यो हिसावले उनमा कोरोना हालै संक्रमण भएको हुन सक्ने डा. पोख«ेलले बताए ।

प्रकाशित: १५ असार २०७७ ०४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App