समाज

सुन चोरीको आरोपमा पक्राउ

काभ्रेको बनेपा नगरपालिका–९ स्थित जोसना श्रेष्ठको घरबाट सुन चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार मङ्गलवार बिहान श्रेष्ठको खाटको घर्राभित्र राखेको करिब १८ तोला सुन र चाँदी चोरीको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। 

पक्राउ पर्नेमा बनेपा नगरपालिका–८ मा डेरा गरी बस्ने करुणा घिमिरे, सोही ठाउँका राजु मानन्धर र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–५ घर भई बनेपा नगरपालिका–८ मा डेरागरी बस्ने सृजना आचार्य रहेका छन्। चोरीएको मध्ये १० तोला सुन र १२ तोला चाँदी बरामद गरिएको प्रहरीले जनाएको छ। तीनै जनालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ असार २०७७ ०६:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App