समाज

कर्णालीमा २८ जना कोरोना संक्रमित थपिए

कर्णालीमा बुधबार २८ जना थपिएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार तीन सय ३५ पुगेको छ । प्रदेश अस्पताल सुर्खेत÷पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा २० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणबाट आठजनामा कोरोना भाइरस पुष्टि भएको हो ।

सुर्खेतका १३, दैलेखका तीन, जुम्ला चार, जाजरकोट, कालीकोट, दाङ, धनुषा, रुपन्देही, सप्तरी, ताप्तेजुङ र उदयपुरका एक÷एकजनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । हाल कोरोना पुष्टि भएका सबैजना स्वास्थ्यकर्मीको सम्पर्कमा आइसकेका छन् । साथै कर्णालीमा कोरोना उपचारका लागि अस्पतालमा भर्ना भएका बुधबार आठजना डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा अस्पतालबाट डिस्चार्ज हुनेको संख्या पाँच सय ६८ जना पुगेका छन् ।

प्रकाशित: १० असार २०७७ ११:१४ बुधबार

कोरोना संक्रमित