समाज

थाइल्यान्डका नेपालीसँगै ‘उद्धार’ उडानबाट स्वदेश फर्किइन् पूर्वयुवराज्ञी हिमानी

फाइल तस्बिर : पूर्वयुवराज्ञी हिमानी शाह

छोराछोरी भेट्न थाइल्यान्ड गएकी पूर्वयूवराज्ञी हिमानी शाह तीन महिनापछि आज (मंगलबार) स्वदेश फर्केकी छन्। थाइल्यान्डको बैंककमा अध्ययनरत छोराछोरी भेट्न गएकी शाह लकडाउनका कारण नेपाल फर्किन ढिला भएको हो ।  

कोरोना महामारीका कारण थाइल्यान्डमा अलपत्र नेपालीलाई मंगलबार नेपाल एयरलाइन्सको विमानले स्वदेश ल्याउने क्रममा हिमानी र उनका छोरा हृदयन्द्र पनि आएका हुन् ।  

दिउँसो ३ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका उनीहरू होटल क्वारेन्टिनमा बसेका छन्।  

हिमानीका दुई छोरी पूर्णिका र कृतिका भने बैंककमै बसेका छन् । उनीहरूको पढाइ सुरु भइसकेकाले नेपाल नफर्केको बताइएको छ । थाइल्यान्डमा बस्दा हिमानीले छोरीसँग नाचेको टिकटक भिडियो भाइरल भएको थियो।

यो पनि पढ्नुहोस्

पूर्वयुवराज्ञी हिमानी शाह नाचेको टिकटक भिडियो भाइरल हुँदै

प्रकाशित: ९ असार २०७७ ११:४९ मंगलबार

थाइल्यान्ड पूर्वयुवराज्ञी हिमानी