समाज

सर्लाहीमा मलद्वारविहीन शिशु जन्मिए, उपचार खर्च नहुँदा ज्यान जाेखिममा

मलद्वार नभएका आफ्ना शिशुका साथ अनपीदेवी माझी। तस्बिर : भरत कार्कीको फेसबुकबाट

सर्लाहीमा मलद्वार नै नभएको शिशुको जन्म भएको छ ।  उनकाे स्थिति नाजुक भएपछि विपन्न अभिभावक चिन्तामा परेका छन्। 

सामुदायिक रेडियो सर्लाहीका अध्यक्ष भरत कार्कीका अनुसार सर्लाहीको हरिपुर-९, पिडारी निवासी अनपीदेवी माझीले जन्माएको शिशुको मलद्वार नै नरहेको हो। शिशुकाे जन्म यही असार ७ गते भएकाे उनले जानकारी दिए।  

अति विपन्न माझी परिवारले शिशुको उपचारका लागि सहयोगको याचना गरेको अध्यक्ष कार्कीले बताए ।  

शिशुको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको र तत्काल उपचार हुन नसके ज्यानै जाने खतरा रहेकाले माझी परिवारले सहयोगका लागि हारगुहा गरेका छन् ।  

रेडियो सर्लाहीका अध्यक्ष कार्कीले ती शिशुको उपचारका लागि सहयोगको आग्रह गर्दै आफ्नो फेसबुकमा ती शिशु र आमाको तस्बिरसहित सम्पर्कका लागि मोबाइल नम्बरहरू सार्वजनिक गरेका छन् ।  

सहयाेगका लागि यी हुन् सम्पर्क नम्बर : ९८००८११३३२ र ९८४४१७४०७५

प्रकाशित: ९ असार २०७७ १०:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App