समाज

कोरोना जोखिम हुन नदिन कनकाई नगर बन्द

झापाको कनकाई नगरपालिकाका वडा नं १ देखि ७ सम्मका सम्पूर्ण क्षेत्रलाई बन्द गरिएको छ। क्वारेन्टाइनमा बसेकी एक महिलामा  कोरोना पुष्टि भएपछि थप जोखिम हुन नदिन सो नगरपालिकाले आजदेखि यही असार १३ गतेसम्मका नगरक्षेत्रका  सम्पूर्ण कार्यालय, व्यवसाय र बजार बन्द गरेको हो।  नगरपालिकाको कोरोना भाइरस तथा नियन्त्रण समितिको आज  बसेको बैठकको सो  निर्णय गरेको हो।  

नगर क्षेत्रको क्वारेन्टाइनमा बसेकी एक महिलामा  आइतबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उनको भेटघाट श्रीमान्सँग भएको र श्रीमान्को सम्पर्क समुदायस्तरसम्म रहेका कारण सङक्रमण फैलिन नदिन नगरपालिकाले उक्त कदम चालेको हो।नगरपालिकाले कोरोना संक्रमणको सम्भावित जोखिमबाट बच्न र बचाउन सम्पूर्ण नगरवासीलाई अत्यावश्यक काम बाहेक आफ्नै घरभित्र रहन र सामाजिक दुरी कायम गर्न सार्वजनिक सूचना जारी गरी आग्रह गरेको छ।

 सो अवधिमा स्वास्थ्य सेवाका ओपिडी बाहेकका सेवा खुल्ला रहने र अत्यावश्यक सेवा एवम् निर्माण कार्यमा प्रयोग हुने सवारी साधान सञ्चालन गर्न दिइने नगरपालिकाले जनाएको छ। त्यसैगरी आजै मेचीनगर नगरपालिका– ६ को होम क्वारेन्टाइनमा बसेका एक कोरोना संक्रमितसँग सम्पर्कमा रहेका २२ जना व्यक्तिको स्वाब संकलन गरी परीक्षणका लागि विराटनगरस्थित कोभिड–१९ को प्रयोगशाला पठाइएको छ

संक्रमितको घर सिल गरिएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले जानकारी दिइन्। सङ्क्रमित महिला भारतको युपीबाट गत जेठ ३० गते काँकडभिट्टा आएकी थिइन्।  

प्रकाशित: ८ असार २०७७ ११:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App