समाज

पर्सामा दुई पुरुष र एक महिलाद्वारा आत्महत्या

पर्सा जिल्लामा बेग्लाबेग्लै ठाउँमा एक दिनको अन्तरालमा ३ जनाले आत्महत्या भनिएका घटनामा ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा एक जना महिला र २ पुरुष रहेका छन् । 

शुक्रवार बिहान करिब साढे ६ बजे पर्साको सीमावर्ती छिपहरमाई गाउँपालिका–४ बञ्जारीका २६ वर्षिय भगिरथ महतो आफ्नै घरको बलिमा पाँसो लगाई झुण्डिरहेको भनी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट भिस्वाको टोली पुग्दा महतो नायलनको डोरीमा झण्डिरहेके भेंटिएका थिए ।  

आफ्ना बाबुआमासंग छुटिएर बसेका उनका श्रीमतीसंग पनि केही दिन अगाडि झगडा परेर उनी घर छोडी भारतस्थित माइतिमा गएर बसेपछि महतो एक्लै बस्दै आएका थिए । ब्यक्तिगत तनावका कारण उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भीक अनुमान छ ।  

त्यस्तै जिराभवानी गाउँपालिकाको वडा नम्बर २ सेढवामा एक जना २० वर्षिय युवक रामु रोडाथारु आफ्नै घरको आफू सुत्ने कोठाको बलिमा आफ्नै गम्छाले पाँसो लगाई झुण्डिरहेका बिहान करिब साढे ८ बजे फेला परेको प्रहरीले जनाएको छ । स्थानीयबाट यसबारे सूचना पाएर इलाका प्रहरी कार्यालय सेढवाको प्रहरी टोली घट्नास्थलमा पुगेर प्रारम्भीक कारवाही गरेको थियो । दुईवटै घट्नामा शवलाई पोष्टमार्टको लागि वीरगन्जस्थित नारायणी अस्पतालमा ल्याइएको र थप अनुसन्धान बढाइएको जिल्ला प्रहरीक कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए । 

एक दिन अगाडि बिहीबार पर्साकै ठोरी गाउँपालिका वडानम्बर ३ रामनगर कि २४ वर्षिया महिला गीता दर्जीले बिष सेवन गरी आत्महत्या गरेकी छन् । घटनामा महिलाको पोष्टमार्टमपछि प्रारम्भीक रिपोर्टमा बिष सेवन देखिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कुँवरले बताए ।  

 

 

 

 

प्रकाशित: ५ असार २०७७ ११:५८ शुक्रबार

आत्महत्या