समाज

थप ५८६ मा कोरोना संक्रमण, संक्रमितको संख्या सात हजार नाघ्याे

बुधबार नेपालमा थप पाँच सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितमा ४० महिला र पाँच सय ४६ जना पुरुष छन् ।स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको सं‌ख्या सात हजार एक ७७ पुगेको छ । जसमा पाँच सय ३९ महिला र ६ हजार ६ सय ३८ जना पुरुष छन् । बुधबार विभिन्न अस्पतालबाट गरी ९ जना डिस्चार्ज भएका छन् । हालसम्म २० जनाकाे काेराेनाबाट मृत्यु भएको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।

प्रकाशित: ३ असार २०७७ १०:५३ बुधबार

कोरोना संक्रमित कोरोना संक्रमण