समाज

पहिरोमा बेपत्ता बालकको शव भेटियो

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा गएको पहिरोमा हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा १४ वर्षीय जेनिश विकको शव बुधबार बिहान फेला परेको हो ।  

चौतारी नजिक शव भेटिएको वडा. अध्यक्ष तेजप्रसाद पाध्याले बताए । ‘पाँच दिनपछि शव भेटियो, गाउँ शोकमा डुबेको छ,’ पाध्यायले भने । उनका अनुसार बेपत्ता भएका बालकको खोजीका लागि चार दिनसम्म सुरक्षाकर्मी र स्थानीय सक्रिय थिए । पहिरोमा परेकालाई राहतसमेत संकलन भइरहेको छ ।  

पहिरोमा परी मृत्यु भएका तुलबहादुर थापाको परिवारका चार जना र कमला विकको परिवारका २ जनाको कालीगण्डकी र मोदी नदीको संगम रहेको धार्मिकस्थल मोदीवेणीमा सोमबार सामूहिक अन्तेष्टि गरिएको छ । दुर्लुङमा शनिबार राति दुई घण्टा सम्मको मुसलधार वर्षापछि गएको पहिरोमा परेर ६२ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ६० वर्षीया मिनाकुमारी थापा, छोरी ३४ वर्षीया दिर्पा थापा, नातिनी ११ वर्षीया विविशा थापा, नातिहरु १५ वर्षीइ सम्राट थापा र १७ वर्षीय विवेक थापाको मृत्यु भएको थियो । २६ वर्षीया कमला विकका  ८  वर्षीया छोरी प्रमिशा विक र १४ वर्षीय छोरा जेनिश विकको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

पहिरोमा पुरिएका आठको शव भेटियो, एक अझैं बेपत्ता

प्रकाशित: ३ असार २०७७ ०९:५७ बुधबार

पहिरो शव भेटियो