समाज

पोखरा आसपासका विपन्न परिवारलाई राहत

पोखरा ‘नेपाल–युके फाउन्डेशन’ले विपन्न १०५ परिवारलाई राहत वितरण गरेको छ। हेल्पिङ ह्याण्ड्स पोखरा’ नामक संस्थामार्फत पोखरा र आसपासका बगर, लामाचौर, दीप, अर्चलबोट, नयाँबजार, कसेरी सुकुम्बासी सिम्पानी, नयाँगल्लीलगायतका स्थानमा विपन्न परिवारलाई फाउन्डेशनले राहत वितरण गरेको हो।

फाउन्डेशनको तर्फबाट जगत गुरुङ र भीम महेन्द्र गुरुङले खाद्यान्न वितरणका लागि आर्थिक रकम फिल्मकर्मी प्रकाश गुरुङका मार्फत पठाएको हेल्पिङ ह्याण्ड्स  प्रतिनिधि सुनिल गुरुङले जानकारी दिए। विपद्को बेलामा समस्यामा परेका समुदायलाई सहयोग गरिएको फाउन्डेशनले जनाएको छ।

यसअघि फाउन्डेशनले जक्सन डटकम, चलचित्र पत्रकार सङ्घ नेपाल, कास्की, पोखरा साङ्गीतिक कलाकार सङ्घ, मेरो साथी टिभी र गायक भाइ गुरुङमार्फत ५६० परिवारका करिब दुई हजार ६०० जनालाई खाद्यान्न वितरण गरिसकेको जनाइएको छ।  

प्रकाशित: ३२ जेष्ठ २०७७ ०७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App