समाज

नेपालमा कति जनालाई कोरोना निको भयो ?

नेपालमा अहिलेसम्म ५८४ जना कोरोनो निको भएर घर फर्केका छन्। आज मात्रै ९६ जना कोरोना मुक्त भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

मंगलबार मात्रै थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २३ कोरोना संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ। हालसम्म  कोरोना भाइरसको आशंकामा १ लाख ६ हजार ३३१  वटा नमुना  संकलन गरेर पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।  

कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार चितवन भरतपुर ११ का एक व्यक्तिको कोरोनाका कारण आज विहान मृत्यु भएको हो।  

 

प्रकाशित: २७ जेष्ठ २०७७ ११:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App