समाज

म्यानेजर संक्रमित भएपछि राष्ट्रिय बाणिज्य बैक तौलिहवा शाखा अनिश्चितकालिन बन्द

बैक म्यानेजर समेत कोरोना संक्रमित भए पछि तौलिहावा स्थित राष्ट्रिय बाणिज्य बैक अनिश्तिकालका लागि बन्द गरिएको छ । आईतबार बैक मेनेजरमा कोरोना संक्रमित भएको पुष्टी भएको थियो । बैकको ५ नम्बर प्रोशिक कार्यालले सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि बैकका् सबै कारोवार बन्द गरिएको जनाएको छ ।  

यसबाट ग्राहक वर्गमा पर्न जाने मर्का प्रति बैकले क्षमा समेत मागेको छ । लामो समयको लकडाउनपछि गत जेठ १८ गतेदेखि हप्ताको ६ दिन बैक संचालन हुँदै आएको थियो । लकडाउन त्यसमा पनि खेती किशानीको बेला बैक अनिश्चितकालीन बन्द भएपछि ग्राहकहरु मर्कामा परेका छन् । जिल्लाको सबै भन्दा बढी ग्राहक यही र्बैकमा रहेका छन् ।  

कपिलवस्तुमा ८ जना कोरोना संक्रमित थपिए
कपिलवस्तुमा कोभिड १९ थप ८ जना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ५ सय ५८ पुगेको छ । जिल्लाको महाराजगंज नगरपालिकामा ७ र बिजयनगरमा एक जना थपिएको हुन । जिल्ला स्वास्थय कार्यौलय अनुसार विजयनगर गाउँपालिका वाड न ३ का बर्ष २० का पुरुष १ जना तथा महाराजगन्ज नगरपालिका वडा न ४ वर्ष २४ को पुरुष १ जना, वडा न ९ का वर्ष २,१७,१८ को ३ पुरुष र वडा न १० का वर्ष १८,१९,३४ का ३ पुरुष रहेका छन् । 

प्रकाशित: २६ जेष्ठ २०७७ १६:१६ सोमबार

म्यानेजर संक्रमित राष्ट्रिय बाणिज्य बैक बन्द