समाज

बालश्रम न्यूनीकरण कार्यक्रमबाट विपन्नलाई राहत

बन्दाबन्दीले समस्यामा परेकाहरुलाई पोखरा उद्योग वाणिज्य संघ,  बालश्रम न्यूनीकरण कार्यक्रम किडासा नेपालको सहयोग र पोखरा महानगरपालिकाको सहकार्यमा पोखराका विभिन्न वडामा रहेका ७० विपन्न परिवारलाई राहत वितरण गरिएको छ।  

पोखरा महानगरपालिका वडा नम्बर ४, पोखरा–९ प्रदर्शनी केन्द्र, लेकसाइड र बिरौटामा लक्षित विपन्न परिवारको पहिचान गरी राहत वितरण गरिएको बालश्रम न्यूनीकरण कार्यक्रमका संयोजक तथा संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनले जानकारी दिए।  

उनका अनुसार  दाल, नुन, तेल, आलु, चिनी, चियापत्ती, साबुन, सेनेटेरी प्याड र मास्क समावेश गरी सम्बन्धित  वडाध्यक्षको रोहबरमा राहत बाँडिएको थियो। बन्दाबन्दीले मजदूर र न्यून आय भएकाहरुको रोजीरोटी गुमेपछि किडासाको सहयोगमा राहत कार्यक्रम ल्याइएको बालश्रम न्यूनीकरण कार्यक्रमका अधिकृत प्रीति पाण्डेले जानकारी दिए।  

प्रकाशित: २६ जेष्ठ २०७७ ०८:१५ सोमबार

राहत वितरण बालश्रम न्यूनीकरण