समाज

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय १३ पुग्यो

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्याङजामा १४, गोरखामा १०, बागलुङमा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना गरी थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

संक्रमितहरू स्याङ्जाको वालिङ नगरपालिकाका २९, ४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८ र ३२ वर्षीय पुरुष र भीरकोट नगरपालिकाका ४५ वर्षीय पुरुष छन्।

यस्तै बागलुङका १० जनामध्ये बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २६, २९ वर्षका पुरुष छन्। संक्रमित एकजनाको उमेर खुल्न सकेको छैन। बागलुङकै ढोरपाटन नगरपालिकामा पनि थप एक संक्रमित फेला परेका छन्।

गोरखामासमेत एकै दिन १० जनामा कोरोना संक्रमित फेला परेका छन्। गोरखाको गण्डकी नगरपालिकाका २५, ३२, २०, ४३, ३०, २०, २१, २३ र २१ गरी ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। गोरखा जिल्लाकै पालुङटार नगरपालिकाका एक १७ वर्षीय युवकमासमेत कोरोना भाइरस पुष्टि भएको छ। योसँगै गण्डकीमा संक्रमितको संख्या १ सय १३ पुगेको छ। 

प्रकाशित: २५ जेष्ठ २०७७ ०२:४६ आइतबार

कोरोना सङ्क्रमण गण्डकी प्रदेश