समाज

सुदूरपश्चिममा एकै दिन थपिए १८ संक्रमित

८ जिल्लामा संक्रमण

सुदूरपश्चिममा सोमवार एकै दिन १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा नमुना जाँच गर्दा १८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।  

संक्रमित हुनेमा कैलालीका ३ महिलासहित १४, अछाम १ पुरुष, डोटी १ पुरुष, कंचनपुर १ पुरुष र बैतडी १ जना पुरुषमा संक्रमण रहेको सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख तथा कोरोना फोकल प्रश्न नरेन्द्र सिंह कार्कीले बताएका छन्। सुदूरपश्चिममा संक्रमितको संख्या ४३ जना पुगेको छ भने १ जनाको मृत्यु भएको छ। ६ जना उपचारपछि घर फर्केका छन्।

भारतवाट आमा वुवासँगै भारतबाट फर्केकी बाजुरा बुढीगंगा नगरपालिका वडा नम्बर १ की दुई बर्षिया बालिकाको कोरोनाको संक्रमणवाट मृत्यु भएको हो। डडेल्धृुरा अस्पतालको आईसोलेसनमा मृत्यु भएका डडेल्धुरा नवदुर्गा गाउँपालिका ३ का ७ बर्षिय बालकको भने रिपोट नेगेटिभ आएको छ।

चैत १४ गते दुवैवाट फर्केका युवकमा सुदूरपश्चिममा पहिलो संक्रमण देखा परेको थियो। त्यसपछि चैत २२ मा ३ जना र बैशाख १ गते १ गरेर ५ जना संक्रमित(सबैं निको भएर घर फर्केका छन्) भएको ४० दिनपछि जेठ ९ गते दोश्रो चरणमा संक्रमण देखापरेसँगै संक्रमण बढ्दै गएको छ। भारतका बिभिन्न ठाउँबाट सुदूरपश्चिम प्रदेशमा जेठ ७ गते यतामात्र ४० हजार बढी जना भित्रिएका छन् । उनीहरुलाई जाँच नगरि बिभिन्न स्थानीय तहको क्वारेन्टाईनमा राखिएको छ। संक्रमण देखिएमा अधिकाशं भारतबाट फर्केका हरु रहेको सेती प्रादेशिक अस्पतालमा प्रवक्ता तथा आकस्मिक कक्ष बिभाग प्रमुख जगदिश जोशीले बताएका छन्।

सुदूरपश्चिमका ८ जिल्लामा संक्रमण

सुदूरपश्चिमका ९ जिल्ला मध्य ८ जिल्लामा संक्रमण देखा परेको छ। कैलालीमा २७,बैतडीमा ५, अछाममा ३,बाजुरा २, कंचनपुर २, डोटी, डडेल्धुरा र दाुर्चलामा १, १ जनामा संक्रमण देखा परेको छ। सुदूरपश्चिममा संक्रमण देखा नपरेको बझाङ जिल्ला मात्र वाँकी रहेको छ।

प्रकाशित: १९ जेष्ठ २०७७ ०९:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App