समाज

कालीमाटी तरकारी बजारमा कोरोना परीक्षण हुने

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार कोभिड १९ को आरडिटी र पिसिआर परीक्षण गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाको आयोजनामा गरिने परीक्षण कार्यक्रममा बजार क्षेत्र भित्र प्रत्यक्ष रुपमा बिक्री बितरणमा संलग्नहरुलाई परीक्षण गरिने समितिले जनाएको छ।

समितिका अनुसार तरकारी व्यावसायी, व्यावसायीका सहयोगी, ढुवानी कार्यमा संलग्न चालक तथा सहचालक, भरिया र मजदुरहरु, सरसफाई मजदुरहरु, सुरक्षाकर्मी र कर्मचारी लगायत बजार संचालनमा संलग्न सबैको परीक्षण हुने समितिले बताएको छ।

प्रकाशित: १ जेष्ठ २०७७ ०४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App