समाज

बर्दिया र कैलालीमा स्वाव संकलन दायरा फराकिलाे

संक्रमित बालिका बल्ल तल्ल खजुरा भर्ना

राजापुर–५ बस्ने ११ वर्षीय बालीकामा कोरोनाको संक्रमण पुष्टि भएपछि स्वाव संकलनको दायरा बर्दिया र कैलालीमा फराकिलो पारिएको छ । संक्रमित बालिकालाई लिएर आफन्तका पुग्ने हजुरआमा संक्रमित बालिकासँगै गएकोमा स्वाव संकलनमा हजुरआमाको रिजल्ट नेगेटिभ आईसकेको छ । त्यसयता बालिकासँग ‘कन्ट्रयाक्ट ट्रेसिङ’ मा आएकाको स्वाव संकलनलाई कैलाली र बर्दियाका स्वास्थ्य कार्यालयले तीब्रता दिएको छ ।

डेढ महिनाको अवधिमा ‘कन्ट्रयाक्ट ट्रेसिङ’ आएकाको खोजी गरी स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय, कैलालीका प्रमुख लाल बहादुर धामीले बताए । कैलालीको गोदावरी नगरपालिका मजगाउँका १ सय ३४ र कैलालीको भजनीबाट ५५ जनाको स्वाव लिइसकेको छ ।हजुर आमाको आफन्तको मृत्यु भएपछि हजुर आमा नातीनि लिएर भजनी पुगेकी थिईन ।

बर्दियाको राजापुर नगरपालिका–५ किसान माबि बिद्यालयमा क्वारेन्टाईनमा बसिरहेकि कोरना संक्रमित ११ वर्षिय बालिकाको ‘कन्ट्रयाक्ट ट्रेसिङ’का आधारमा बर्दिया र कैलाली समन्वयमा स्वाव संकलन दायरा फराकिलो पारिएको हो ।  

क्वारेन्टाईनमा बसिरहेकि ११ वर्षीय वालिका चैत ३ गते बर्दियाको बदालपुर देखि कैलाली अतरियाको मजगाउँ गएर बसेको खुलेको छ । मजगाउँमा उनका आफन्तसँग वैशाख १३ गते बसेकि थिईन । मजगाउँमा संक्रमित बालीकाको आफन्तले टेलरिङको काम गर्दे आईरहेका थिए ।  

गाउँ वरपरका सिलाईको कामका लागि संक्रमितको घर आउँने गरेको खुलेपछि स्वावब संकलनमा व्यापकता बनाईएको र स्वास्थ्य कार्यालयले आवश्यक्ता अनुसार संकलनमा तीब्रता दिएको धामीले जानकारी दिए । ‘विदेशबाट आएकासँग कोरोना नसरेको पुष्टि भईसकेको छ’, उनले भने, ‘तर, ‘कन्ट्रयाक्ट ट्रेसिङ’मा कसरी कोरोना सर्यो भन्ने अनभिज्ञ हुदा स्वाब संकलन संख्या व्यापक भएको छ ।’  

करिब एक महिना बढि बसाईको आधारमा सम्र्पकमा को को आएर सबैको ‘कन्ट्रयाक्ट ट्रेसिङ’ आधारमा स्वाब संकलन गर्दा संकलनको दायरा फराकिलो बन्दै गएको छ । ‘एक महिना बढिको अवधिमा भारत वा अन्य देशमा बस्ने कुनै पनि परिवारको सदस्य वा आफन्त कोहि पनि बाहिर बाट आएको भेटिएको छैन,’उनले भने ।  

डेढ महिनाको अवधिमा घरमा को आए र को गए सबैको सुक्ष्म बिश्लेषण पछि स्वाब संकलन बढदै गईरहेको जिल्ला स्वास्थ्य कार्यालय,बर्दियाका प्रमुख गोर्कण गिरीले जानकारी दिए ।उनी अनुसन्धानको दायरामा सयौं मानिस परेकाको स्वाब संकलन भईरहेको छ । कैलालीको भजनीबाट बैशाख १६ गते घर फर्कन लाग्दा घर नजिकको बिद्यालय किसान माबीमा क्वारेन्टाईन हजुर आमा सहित बस्दै आएकि थिईन । बैशाख २९ गते बालिकालाई कोरोना पुष्टि भएको थियो ।कैलालीको भजनीबाट फर्कदा उनले अटोरिक्सा प्रयोग गरेकि थिईन । उनी सँग हजुर आमा सहित अन्य दुई जना महिला अटोरिक्सामा सवार थिए । अटोरिक्सा चालक,दुई महिला र किसान माबीमा क्वारेन्टाईनमा बस्ने सबैको स्वाव संकलन गरिएको बर्दियाका स्वास्थ्य प्रमुख गिरीले जानकारी दिए । ‘कन्ट्रयाक्ट ट्रेसिङ’ आधारमा ८० जना स्वाव संकलन गरेर परीक्षणका लागि पठाएको उनले जानकारी दिए । तर कैलालीबाट फर्केपछि  क्वारेन्टाईनमा बसेकाले गाउँ त्रास मुक्त भएको उनले बताए । बर्दियामा एक हजारको थ्रोट स्वाव लिईसकेको छ ।

संक्रमित बालिका बल्ल तल्ल खजुरा भर्ना  

दाङका स्थानीय तहले विज्ञप्ती नै निकालेर संक्रमित बालिकालार्ई भर्ना नर्गने बिरोध गरेपछि बाँकेको खजुरास्थित क्यान्सर अस्पतालको मंगलबार राती देखि संक्रमित बालिकालाई आइसोलेसनमा राखिएको छ ।

बर्दियामा आइसोलेसन कक्ष नभएपछि बाँके वा दाङ लैजाने भन्ने विषयमा बिबाद बढेपछि अन्तत बाकेको खजुरा राखिएको हो । दाङमा बाहिरी जिल्लाका बिरामी आउन नदिने भनेपछि खजुरामा राखिएको रिाजापुर नगरपालिका नगर प्रमुख शिब प्रसाद चौधरीले बताए ।खजुरा क्यान्सर अस्पतालको आइसोलेसन प्रदेश सरकारले बनाएको हो ।बाँकेमा एक्कासी कोरोना संक्रमित बढेपछि खजुरामा आईसालेसन वार्डको अभाव छ ।

बालिका सगै रहने हजुरआमाको स्वाबको रिजल्ट नेगेटिभ आएपछि  बालिकाको पुनः परीक्षण गर्न आफन्तले माग गरेका छन् । चिकित्सक अनुसार संक्रमित बालिका जन्डिस छ । कमजोर भएकैै कारण कोरोना संक्रमण देखिएको हुन सक्ने आफन्तले आंशका गरेका छन् ।

प्रकाशित: ३१ वैशाख २०७७ १३:४६ बुधबार

काेराेना नियन्त्रण