समाज

यस कारण सिल गरियो आरोग्य प्रतिष्ठान र निदान अस्पताल (अपडेट)

काठमाडौं - कोरोना सङ्क्रमण फैलन सक्ने भन्दै ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठान र निदान अस्पताल सिल गरिएको छ। बैशाख २९ गते सुनसरीबाट आएकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनले काम गर्ने ठाउँ बन्द गरिएको हो। निदान अस्पताल र फाउन्डेसन एउटै सँगै रहेका छन्। 

प्रतिष्ठानमा उनी लेखापालको रुपमा काम गर्थिन्। मंगलबार टेस्ट गर्दा रिपोर्ट पोजेटिभ देखिएकाे थियो। थप संक्रमण फैलिन नदिन प्रतिष्ठान सिल गरिएको प्रहरीले जनाएको छ।  

प्रहरीले उनी बसेको ठाउँ र संगत गरेको सर्कलको खोजी गर्न थालेको छ। महानगरीय प्रहरी परिसर ललितपुरका सहप्रवक्ता डीएसपी सन्तोष तामाङले सङ्क्रमितका आधार प्रतिष्ठान असुरक्षित भएको भन्दै सील गरिएको बताए।  जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले अनुसन्धानका लागि सिल गरिएको जानकारी दिए।

२९ गते नै परीक्षणका लागि स्वाव संकलन गरिएपनि रिपोर्ट मंगलबार राति मात्रै आएको थियो। स्वाव दिएर उनी घर पनि गएको बताइएको छ। इटहरीबाट आउने क्रममा अस्पताल प्रशासनका एकजना कर्मचारी र एम्बुलेन्स चालकले उनलाई साँगाबाट लिएर आएका थिए। अहिले संक्रमित व्यक्तिलाई लिएर आउने प्रशासनका कर्मचारी र चालक अस्पताल क्वारेन्टिनमा रहेका छन्। 

निदान अस्पतालले आफ्नाा कुनै पनि स्वास्थ्यकर्मीलाई कोरोना नभएको बताएको छ। निदान अस्पतालको प्राङगणमा रहेको प्रतिष्ठानकी कर्मचारी संक्रमित भए पनि उनी अस्पताल प्राङगणमा प्रवेश नगरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत विपेन्द्र प्रधानले विज्ञप्ति मार्फत जनाएका छन्।

 

प्रकाशित: ३१ वैशाख २०७७ १०:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App