समाज

थप ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय ९१ पुग्यो

फाइल फाेटाे

थप ५७ जनामा कारोना भाइरस(कोभिड–१९)को संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षमा ५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

 मन्त्रालयका अनुसार उनीहरु सबै पुरुष हुन्। जसमा कपिलबस्तुका ८, रुपन्देहीका ९, पर्सााका ३९ जना र बाराका १ जना छन्। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। 

 

प्रकाशित: ३० वैशाख २०७७ ०७:३४ मंगलबार

कोरोना सङ्क्रमण