समाज

धानको बिउँ किन्न किसानलाई मात्र २४ घण्टा !

धान वियाड बसाल्दै राजापुरका किसान । फाईल तस्बिर

बर्दिया- यतिबेला सातामा तीन दिन चार घण्टाको दरले बजार खुल्छ । चार घण्टा बजार खुल्ने समयमा अत्याआवश्यक पसल खुल्ने नियम कडाईका साथ लागू गरिएको छ । लकडाउन कै कारण दुई सातामा २४ घण्टा बजार खुल्छ । प्राबिधिकका अनुसार जेठ दोस्रो साता सम्म धानको बिउ रोपि सक्नु पर्छ ।

यदि किसानले धानको बिउ बसाल्न नसके हिउँदे नगदे बाली (मसुरा,तोरी,आलु,चना,मकै)को उत्पादनमा समेत असर पार्छ । यतिबेला २४ घण्टाको समय बिउ किन्ने देखि बियाड  बसाल्न नसके किसान डुब्छ । २४ घण्टामा बजारबाट बिउ खरिद गरेर खेतमा धानको वियाड बसालि सक्नु पर्ने किसानलाई चटारो छ ।

जिल्लामा ५० हजार हेक्टरमा धान खेती गरिन्छ । ५० हजार हेक्टरका लागि २ हजार ५ सय मेट्रिक टन बिउको आवश्यक्ता छ । किसान बिउ पाउँने बेग्र प्रतिक्षामा छन् । तर,यतिबेला सम्म बजारमा धानको बिउको सहज आपूर्ती छैन । कृषिज्ञान केन्द्र,बिउ बिजन कार्यालय, र व्यबसायीसँग समेत धानको बिउ अभाव छ । बाहिरी जिल्लाबाट आउँने धान  ३० प्रतिशतले मात्र धानको बिउ बदले पनि बिउ अभाव हुने देखिएको छ ।

सत प्रतिशत बिउ बदले भने किसानले बिउ नै नपाउँने अवस्था छ । जिल्लामा दुई लाख मेट्रिक टन धान उत्पादन हुने गरेको रर्कडमा देखिन्छ । एक लाख मेट्रिक टन धान जिल्लामा खपत भएपनि १ लाख मेट्रिक टन बढि धान बाहिरी जिल्लामा खपत हुने गरेको छ । चिउरा र राम्रो मिलमा प्रशोधन भएर देश भरिमानै यँहाको चामल खपत हुने गरेको छ ।

हाईब्रेड वा लोकल धानको बिउ बसाल्दा प्राबिधिक सुझाब नपाएका किसानको  उत्पादनमा ह्रास आउँन जोखिम बढेको कृषि ज्ञान केन्द्र प्रमुख कृषि प्राबिधिक कमल तामाङ बताए ।‘अजान्नमा हाईब्रड लगाउँदा किसान डुब्छ,’उनी भन्छन,‘बर्से पिच्छे फरक जातका बियाड बसाल्नु पर्छ,किनभने हाईब्रेड बसाल्दा ठूलो सानो हुने गर्छ,फलस्वरुप उत्पादनमा भारी गिरावट आउँछ।’उनका अनुसार कृषि पेशामा आश्रित प्राबिधिक ज्ञानबारे अनभिज्ञ छन् । समय पाबन्दिले प्राबिधिक सल्लाहा नलिन धानको बिउ बसाल्न पर्ने किसानलाई अवस्था सिर्जना भएको उनी बताउँछन् ।किसानको लागि दुई साता भनेको २४ घण्टा समयमा कस्तो किसिमको प्राबिधिक सल्लाहा लिने होलान उनी भन्छन ।   

हाइबे्रड धान लगाउँदा प्राबिधिक सल्लाहा दिने गर्छ । सुख्खा खेत वा डुवान हुने खेतमा फरक फरक प्रजाती धान लगाउँन प्राबिधिकले सुझाउने गर्छन । तर बिउ नपाईरहेकाबेला प्राबिधिक सुझाब बिनै बिभिन्न जातका धानको बिउ लगाईसक्नु पर्ने बाध्यतामा यतिबेला किसान छन् । यस जिल्लामा २०५८ सालमा पहिलो पटक मकवानपुर जातको धानको सुरुवात भएको हो ।मकवानपुर जातको धान अधिकांश किसानले धान लगाएपनि विस्तार गर्न सकेका थिएनन् ।

तर अहिले यँहाका किसानले यो धानको नाम पनि मकवानपुर नै राखको छन् । चिउँराका लागी खपत हुने यो धानको पूर्बी जिल्लामा माग अहिले उच्च छ । कृषिमै भविष्य देखेका रामलौटन चौधरीले मकवानपुर जातका धानको भित्रयाएको दाबी गर्छन ।

तर, सडक संजालले नजोडिनु, नदी कटान, पुल नहुनु, सरकार हेर्ने विभेदकारी दृष्टिकोण यस क्षेत्रपछि परेको स्थानीय औल्याउँछन । तर अहिले अवस्था फेरिएको छ । नयाँ जातको धानले सुरुमा राम्रो उत्पादन नभएपछि निरुत्साहित भएका किसान राजापुर क्षेत्रको पहिचानमात्र होइन त्यही धान अधिकांश कृषकको जीविकोपार्जनको मकवानपुर धान मुख्य आधार समेत बनेको छ ।

खाद्यान्न एवं तेलहन बाली बीउ उत्पादनका हिसावले यो जिल्ला बेग्लै पहिचान बनाउन सफल छ । अघिल्ला बर्षहरुको तुलना भन्दा धान, गहुँ, तोरी उत्पादन गत वर्ष अधिक भयो । लकडाउन प्रभावले सबै बाली प्रभावित हुने देखिएको गोलाका चैतु थारुले बताए ।‘अहिले सम्म बजारमा धानको बिउ पाउँदैन’ उनले भने,‘छोटो समय दवाबमा लोकल धानको विकल्प देखिएको छैन ।’कुन धान बिउ बसाल्ने बारे किसान अनभिज्ञ भएको उनी बताउँछन् ।

छोटो समयमा कृषिक्षेत्रबाटै भविष्य बदल्ने यस जिल्लामा किसान धेरै छन् । कृषिको आधुनिकीकरणका लागि नयाँ–नयाँ कृषि यान्त्रीकरण भित्राएर देशमै नमुना काम किसानले गरिरहेका छन् ।

मेसिनको सहायताले खेती गर्दा समय र जनशक्तिका साथै उत्पादन लागतमा कमी आउने भएकाले कृषकहरुलाई निकै फाइदा हुने गरेको छ । तर, यतिबेला उत्साहित किसान भने लकडाउनले नराम्रो सँग प्रभावित हुने देखिन्छ । जसका कारण समग्र जिल्लाको धान उत्सादनमा ह्रास आउँने निश्चित भएको प्राबिधिक अनुमान गर्छन ।

मल अभाव
यतिवेला धानवालीको लागि एक हजार टन बढि डिएपि मलको किसानलाई खाँचो छ । किसानलाई कृषि सामाग्री संस्थान र साल्ट ट्रडिङको माग अनुसार आपूर्ती दिन सकेका छैनन् । टााढाका सहकारी केहि मात्रामा मल उपलब्ध गराएपनि सहज आपूर्ती हुन नसकेको साल्ट ट्रडिङका प्रमुख हेमन्त कार्कीले बताए ।‘अधिकृत बिक्रेता मार्फत थोरै डिएपि दिएका छौ,तर किसान माग भए अनुसार उपलब्ध गराउँन मल अभाव छ,’उनले भने । मल लिन संस्थान पुग्ने किसान निराश भएर फर्कन परेको छ । छिटफुट खुल्ने एग्रोभेटमा मल अभाव छ । डिएपी मल संस्थानले माग गरेको छ । भारतबाट आउने मल आउँन सकेको छैन । अनुदानको मल पनि किसानले पाउँन सकका छैनन् ।

पहिलो पटक पनि मल नपाउने सहकारी संस्थामा आबद्ध किसान धेरै छन् । मल लिन आएपनि रित्तो हात फर्कने गरेको संस्थानका कर्मचारी किरण चौधरीले वताए । धानवालीको लागि युरिया मलको माग बढि छ’उनले भने,‘यतिबेला यूरिया अलिअल छ ‘डिएपी छैन  ।’उनका अनुसार यसअघि टाढाका सहकारी मार्फत डिएपि किसानलाई वितरण गरेकाले अहिले गोदाम रित्तिएको हो ।

संस्थानले सरकारी अनुदानको रासानिक मल अभाव हुदा मलबाट किसान बन्चित भएका हुन । दैनिक पाँच सय क्विन्टल मलको किसानले माग गरिरहेको बेला जिल्ला कृषि सामग्री संस्थानमा मल अभाव हुँदा उत्पादन घट्ने चिन्तामा किसान छन् ।

कृषि सामग्री संस्थानका अनुसार ३४ हजार ८ सय हेक्टर सिँन्चित र असिँन्चित ९ हजार ७ सय पचास गरेर ४४ हजार ५ सय ५० क्षेत्रफलमा रसायनिक मलको आवश्यकता पर्छ । मलको माग बढी र आपूर्ति कम भए पनि अनुदानको मल वितरण गर्न प्रयासरत रहेको संस्थानले जनाएको छ ।उनका अनुसार एक सिजनमा दुई हजार टन मलको जिल्लामा आवश्यकता पर्छ। कृषि सामाग्री संस्थानले सूचिकृत ९५ वटा सहकारी संस्था मार्फत किसानलाई आवश्यक्ता परेको वेला अनुदानको रसायनिक उपलब्ध गराउँदै आएको छ ।

 

 

प्रकाशित: २७ वैशाख २०७७ १३:३४ शनिबार

लकडाउन किसान बिउँ नगदे_बाली