समाज

लकडाउनको पास बनाएर लागुऔषध कारोबार गर्ने ४ जना पक्राउ

बर्दिया- जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट कारको पास बनाएर लागुऔषध कारोबार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। ४७ ग्राम लागु औषध सहित कैलाली टिकापुरका राजन रावल,लम्की चुहा बस्ने रोशन कडायत, दैलेख जिल्ला दुल्लु नगरपालिका आकाश शाह, कैलाली टिकापुरका रमेश न्यौपानेलाई प्रहीले पक्राउ गरेको हो।

बा १२ च ६२९९ नम्बरको कारमा भारतको संरक्षित  जंगल हुँदै नेपाल भित्राएर काठमाडौं तर्फ लैजाने क्रममा ४७ ग्राम ब्राउन सुगर सहित चार जना प्रहरीले पक्राउ गरेको हो। गोप्य सूचनाको आधारमा परिचालित प्रहरीले ब्राउन सुगर सहित चार जना पक्राउ गरेको एसपी राजेशनाथ वास्तोलाले बताए। उनीहरुले १५ गते सम्मका लागि बुवा बिरामी भएको उल्लेख गरेर पास लिएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरुले पटक पटक लागुऔषध आसार्ने गरेको खुलेको छ। सीमा क्षेत्रबाट लागुऔषध लिएर देशभरिका सहर उनीहरुले लागु औषध ओसार्ने गरेको अनुसन्धान बाट खुलेको छ।

 

प्रकाशित: १८ वैशाख २०७७ १६:११ बिहीबार

लकडाउन पक्राउ लागुऔषध