समाज

उद्दार गरिएका जुम्लाबासी भन्छन्,‘बल्ल सरकार भेटायौँ’

जुम्ला - कोराना भाइरसको संक्रमण फैलन नदिन गरिएको लकडाउनपछि अलपत्र नागरिकको एउटै मात्र गुनासो थियो,‘ हामी अलपत्र प-यौँ। सरकारले उद्धार गर्न सकेन। परिवारसंग भेट गर्न नपाएर मर्ने भयौँ। न खाना न त बासको ठेगान्। रोगले भन्दा पनि भोकले मर्न थाल्यौँ।’ तर पछिल्लो एक दुई दिनमा यो दुखेसो पोख्नेभन्दा पनि खुसी आदान प्रदान गर्न थालिएको छ। अहिले सरकारप्रतिको आक्रोश भन्दा पनि सरकार भएको अनुभूति गर्न थालिएको छ। 

पछिल्लो समयमा कर्णाली सरकारले अलपत्र परेका नागरिकको उद्धार तथा राहतका क्रियाकलापलाई प्रभावकारी ढंगले सम्पादन गरेकोमा कर्णालीबासी खुसी छन्। विरेन्द्रनगरमा अलपत्र परेर आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको पहलमा जुम्ला पुगेका स्थानीय जगतबहादु खत्री भन्छन्,‘ बल्ल आपत विपतको बेला सरकार भएको महसुस भयो। लामो समय पनि सरकार भेटिएको आभाष भइरहेको छ।’

कर्णाली प्रदेश सरकारको पहलमा अहिले उद्धारका क्रियाकलाप धमाधम भइरहेका छन्। भारत तथा खाडीमुलुकबाट नागरिक ल्याउन सकिने अवस्था छैन्। तर नेपाल भित्र रहेका अलपत्र परेका नागरिकका लागि उद्धारको बातावरण बनेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारी भन्छन्,‘ अलपत्र नागरिकको उद्धार तथा राहतमा कर्णाली सरकार अहोरात्र खटिएको छ। जनताको जीउ धनको सुरक्षा गर्न र कोराना संक्रमण फैलन नदिनको लागि उच्च सतर्कता पनि अपनाइएको छ। ’

वीरेन्द्रनगरबाट सरकारले उद्धार गरेर पठाएका २७ जना जुम्लाबासी नागरिक बिहान मात्र जुम्ला आइपुगे। उनीहरुमा निकै खुसि थियो। सरकार प्रतिको विश्वास पनि। जुम्ला प्रवेश गर्ने बित्तिकै रारालिही प्रहरीचौकीका इन्चार्ज कृष्णबहादुर खड्काले उनीहरुको उद्धार गरे। जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर जानकारी दिए, ‘ कर्णाली प्रदेश सरकारको पहलमा पठाएका नागरिक जुम्ला आइपुगे।’ त्यो लगत्तै जिल्ला प्रहरी कार्यालय जूम्लाले प्रहरी निरिक्षक खटाएर उनीहरुको उद्धारमा जुट्यो। 

प्रहरी नायब निरिक्षक कृष्णबहादुर खड्का भन्छन्,‘ अलपत्र परेर जुम्ला पठाइएका नागरिक निकै खुसी छन्। ’ प्रहरी नायव निरिक्षक खड्काका अनुसार जुम्ला पुगेका मध्ये १३ जना तातोपानी गाउँपालिकाका हुन्। उनीहरुलाइ दुर्गा उच्च मावि लाम्रामा बनाइएको क्वारेन्टाइनमा राखिएको छ। यसैगरी चन्दननाथका ९,पातारासीका २,गुठिचौरका २  र डोल्पाका एक जना छन्। 

सबैलाइ आ आफ्नो स्थानीय तहमा पठाएर क्वारेन्टाइनमा अनिवार्य राख्न भनिएको छ। उनीहरु पनि सरकारले जुम्ला ल्याइपु-याएकोले सरकारले भनेका सबै प्रक्रिया अपनाउन तयार भएको बताउँछन्।हामी क्वारेन्टाइनमा बस्न तयार छौँ। -यापिड परिक्षण गराउन इच्छुक छौँ, एक जनाले भने,‘ कोरानाको संक्रमण नहुनका लागि गर्नु पर्ने सबै विधि प्रक्रिया पुरा गर्छौँ। सरकारले अलपत्र नागरिकको उद्धार मात्र गर्नु प-यो। ’
जुम्लामा बाहिरबाट आउने क्रमलाइ मध्येनजर गर्दै २ सय भन्दा बढि क्वारेन्टाइन निर्माण गरिएका छन्।संक्रमण भइहालेमा २ सय बेडको आइसोलेसन तयारी अवस्थामा छ। अहिले कर्णाली सरकारको सम्पर्कमा अलपत्र नागरिक आउनेक्रम बढिरहेको छ। अलपत्र नागरिकको अधिकतम उद्धार गर्न पहल हुने आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी बताउँछन्। 

सरकार अलपत्र नागरिको उद्धारका लागि चौबिसै घण्टा तयारी अवस्थामा छ। तर सरकारको लकडाउनको पालना गर्दै कोराना फैलन नदिनको लागि गाउँमा निर्माण भएका क्वारेन्टाइनको प्रयोग देखि नियमित स्वास्थ्यजाँचमा ध्यान दिन आवश्यक छ। उद्धार गर्ने क्रममा आफ्नो र अर्काको नभइ सबैलाइ समान व्यवहार हुने आन्तरिक मामिला तथा कानुनन्त्री भण्डारी बताउँछन्। क्वारेन्टाइनमा बस्नको लागि बास र खानाको लागि गाँस स्थानीय सरकारले बेहोरी रहेको छ। यहाँका एक नगरपालिका सहित ८ वटै स्थानीय तहमा क्वारेन्टाइन छन्।

प्रकाशित: १० वैशाख २०७७ १३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App