समाज

गाउँपालिकाद्वारा उद्धार

तनहुँ - बन्दिपुर गाउँपालिकाले कोभिड–१९को जोखिम हुन नदिन लकडाउन  जारी रहेपछि समस्यामा परेका इँटाभट्टामा काम गर्न २५ जना मजदूरलाई घर पुर्‍याउन सहयोग गरेको छ। 

पर्साका ठोरीका ती मजदूरलाई यातायातको साधन व्यवस्था गरी घर पुर्‍याउन सहयोग गरेको गाउँपालिकाले जनाएको  छ। वडा कार्यालयमा आएर उनीहरुले घरसम्म पुर्‍याइ दिन पटक पटक अनुरोध गरेपछि गाउँपालिकाबाट बजेट व्यवस्था गरी  उद्धार गरिएको  वडा नं १ का वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए। हावाहुरीले ओतलाग्ने टहरो भत्काइ दिएपछि छिमेकीको घरमा शरण लिदै आएको मजदूर माया तामाङले  बताइन्। हावाहुरी आउँदा छिमेकी कहाँ गएर बस्ने र हावाहुरी असिना पानी रोकिएपछि पुन आफ्नै स्थानमा आएर बस्ने गरेको उनले दुखेसो पोखीन। 

आकाशमा गड्याङ गुडुङ गरेपछि दायाँ बायाँ छिमेकी कहाँ गएर ओत लाग्नुपर्ने अवस्था रहेको  अर्का मजदुर प्रताप मुक्तानले सुनाए। उनले भने,ज्यान जोगाउँ नै गाह्रो भएपछि घर फर्कने निर्णय गरेका हौ। गाउँपालिकाले हामीहरुको उद्धार गरेर ठुलो गुन लगाएको छ। कोरोना भाइरसको जोखिम हुन नदिन अलपत्र परेका मजदुरहरुलाई सुरक्षित तरिकाले घर पठाउने नीति सो गाउँपालिकाले लिएको जनाइएको छ। अलपत्र परेका मजदूरलाई उद्धार गरी घर पुर्‍याएको गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले बताए। 

लकडाउनका कारण अलपत्र परेका  मजदूरहरुलाई  बन्दिपुर– १ स्थित डुम्रे बजारबाट यातायातको व्यवस्था गरी घर पठाइएको  डुम्रे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक वीरेन्द्रप्रसाद खड्काले जानकारी दिए। रासस

प्रकाशित: ९ वैशाख २०७७ ०९:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App