समाज

नहरमा डुबेर बालकको मृत्यु

इटहरी- नहरमा डुबेर सुनसरी दुहवीमा एक बालकको मृत्यु भएको छ। दुहवी वडा नं. ७ को नहरमा आमासँगै नुहाउन गएका बेला सोही ठाउँमा बस्ने सुरज ऋषिदेवका आठ वर्षे छोरा करणको सोमबार मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, नुहाउने क्रममा अचानक पानीमा डुबेको देखेपछि हो–हल्ला गरेर तत्काल गाउँलेको साहयताले निकालेर दुहवी सामूदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

यसैबीच, तीन दिनअघि बराहक्षेत्र वडा नं. ९ को श्रीलंका टापुमा मृत अवस्थामा फेला परेको पुरुषको पहिचान भएको छ। प्रहरीका अनुसार शव फेला परेका पुरुष धनकुटा पाख्रिबास वडा नं. ६ का ५२ वर्षे मानबहादुर कार्की भएको खुलेको छ।  

प्रकाशित: २ वैशाख २०७७ ११:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App