समाज

कोरोना कहर : यस्तो छ रोल्पाको अवस्था

रोल्पा अस्पतालमा बिरामी जाच्दै स्वास्थ्यकर्मी । तस्बिर : दिनेश/नागरिक

रोल्पा- जिल्ला प्रशासन कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार रोल्पामा ११ हजार २ सय ४८ जनालाई चेकजाँच गरिएको छ। जिल्ला भरमा आइसोलेसनका लागि बेड संख्या २३ छ। क्वारेन्टाइन बेड संख्या ५ सय ९४ रहेको छ भने २ सय १८ पुरुष र ३२ महिला गरि २ सय ५० जना क्वारेन्टाइनमा छन्।

कोरोना संक्रमणको भयावह अवस्था सुरु भए यता रोल्पामा भारतबाट ३ सय ४६ जना र अन्य बैदेशिक मुलुकबाट ३४ जना जिल्ला भित्रिएको सरकारी तथ्याङ्क देखिएको छ। जिल्ला प्रशासन कार्यालयले तयार गरेको पछिल्लो तथ्याङ्क अनुसार कतारबाट १७ जना, दुबईबाट ५ जना, मलेसियाबाट ४ जना र साउदीबाट २ जना रोल्पा भित्रिएका हुन। त्यसैगरि बंगलादेश, जापान, दक्षिण कोरीया, फ्रान्सबाट एक एक जना आएका थिए।

रोल्पामा लक्षण मिल्दो जुल्दो भएको भन्दै चार जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। बुधबारसम्म अति बिपन्नहरुलाई सहयोग गर्ने भन्दै बिभिन्न स्थानीय सरकारहरुले १ सय ४३ जनालाई राहत वितरण गरेको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय रोल्पाका अनुसार जिल्लामा रहेको खाद्य संस्थानमा ७०.९४ मेट्रिक टन चामल स्टक रहेको छ। त्यसैगरि उद्योग बाणिज्य संघ रोल्पाले जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार ब्यापारीहरुसंग ८ सय २० मेट्रिक टन चामल स्टक छ। मकै ५ सय २५ मेट्रिक टन, गहुँ ३ सय १० मेट्रिक टन, जौ २५ मेट्रिक टन, कोदो २० मेट्रिक टन, फापर १० मेट्रिक टन, बिभिन्न दालहरु ७८ मेट्रिक टन मौज्दात  रहेको छ। उसका अनुसार तेल ८ हजार पेटी स्टक रहेको छ।
 

 

प्रकाशित: २६ चैत्र २०७६ १२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App