समाज

श्रीमती र छोरीलाई जलाउन खोज्ने श्रीमान पक्राउ

इटहरी –  सुनसरीमा एक साताअघि श्रीमती र छोरीलाई जलाउने खोज्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बराहक्षेत्र वडा नं. १० का ३५ वर्षे सियाराम उरावलाईं पक्राउ गरेको हो। पक्राउ परेका उनलाईं मुद्दा चलाएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनायो।

आगो लगाएर सियाराम फरार भएकोमा प्रहरीले खोजतलास गर्दा बराहक्षेत्रबाटै पक्राउ गरेको हो। उरावले चैत २० गते राति इनरुवा वडा नं. ८ मा माइती घर गएका बेला श्रीमती कमलकुमारी उराव र छोरीहरु आठ वर्षकी प्रतिक्षा तथा ६ वर्षकी प्रतिभा सुतेको कोठामा पेट्रोल छर्केर आगो लगाएका थिए। आगो लगाएर सिकिस्त घाइते भएका तीनै जनाको कोशी अञ्चाल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।   
 

प्रकाशित: २६ चैत्र २०७६ ०८:३५ बुधबार

पक्राउ श्रीमान प्रहरी