समाज

दुई वटा घरको भाडा छुट दिने राईको घोषणा

दुई वटा घरको भाडा छुट गर्ने समाजसेवी जनकराज राई। तस्बिर ः नागरिक

खोटाङ – खोटाङका समाजसेवी जनकराज राईले चैत महिनाको घरभाडा छुट दिने घोषणा गरेका छन्। हाल ललितपुरमा बस्दै आएका समाजसेवी राईले महालक्ष्मी नगरपालिका–८ लुभु र ललितपुर महानगरपालिका–१५ सातदोबाटोमा रहेको दुई वटा घरमा बसिरहेका व्यक्तीलाई एक महिनाको भाडा छुट गर्ने घोषणा गरेका हुन्।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’का कारण समस्यामा परेका भाडावाललाई समाजसेवी राईले भाडा छुट दिने घोषणा गरेका हुन्। कोरोनाको संक्रमणका कारण बिश्व नै आतंकित भइरहेको अवस्थामा ‘एक मानवले अर्का मानवलाई सहयोग गर्नु’ मानवीय दायित्व भएकाले आफ्नो घरको कोठा भाडामा लिएर बस्ने व्यक्तीलाई एक महिनाको भाडा मिनाहा गरिदिएको राईले बताए।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम ठेगाना भएका राईको अगुवाईमा २०७२ सालमा दुर्छिममा ‘होलेसुङ–जनकराज राई मार्ग’ निर्माण गरिएको हो। करिब चार सय वर्षअघिका हलेसी थुमका शासक होलेसुङको स्मृति तथा सडक निर्माणमा सबैभन्दा बढि आर्थिक र भौतिक सहयोग गर्ने जनकराजको योगदानको कदरस्वरुप सडकको नाम ‘होलेसुङ–जनकराज राई मार्ग’ राखिएको हो। भर्नाको भएको ७ वर्षमै ब्रिटिस आर्मीबाट फर्काइएका राई हाल शहरमै बसे पनि समाजिक क्षेत्रमा क्रियासिल छन्।

 

प्रकाशित: २३ चैत्र २०७६ १४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App