समाज

नगरपालिकाद्वारा ९ सय ५४ परिवारलाई खाद्यान्न

विपन्न तथा ज्याला मजदुरी गर्ने परिवारलाई खाद्यान्न सहयोग गर्दै । तस्बिर : गोविन्द/नागरिक

दैलेख– दैनिक मजदुरी गर्ने तथा विपन्न परिवारलाई नारायण नगरपालिका दैलेखले खाद्यान्न सहयोग गर्ने भएको छ। नगरपालिकाका सबै वडामा रहेका ९ सय ५४ परिवारलाई खाद्यान्न सहयोग गर्ने भएको हो।

नगरपालिकाले यसअघि सबै वडाबाट लकडाउनका कारण छाक टार्न नसक्ने परिवारको पहिचानका लागि जनप्रतिनिधि र सचिव, सामााजिक परिचालकहरुलाई पठाएको थियो। उनीहरुले वडामा छनौट गरेपछि अहिले नगरपालिकाले खाद्यान्न सहयोग गरेको हो। सबै वडामा शनिबारबाटै खाद्यान्न वितरण सुरु भएको नारायण नगरपालिकाले जनाएको छ।

नारायण नगरपालिका वडा नम्वर १ मा शनिबारबाट खाद्यान्न वितरण गरेको छ। सबैभन्दा बढी यहि नगरपालिकामा दैनिक ज्याला मजदुरी गर्ने परिवार रहेका छन्। पहिलो चरणमा १ नम्वर वडाले १ सय ५९ घरधुरीलाई खाद्यान्न वितरण गरेको हो। सावुन, दाल, नुन २५ केजी चामल प्रतिपरिवारलाई वितरण गरिएको हो।

त्यस्तै नगरपालिकाले वारि जिल्लाबाट आएर सदरमुकाममा काम गरेर गुजारा चलाउने ५६ परिवारलाई पनि सहयोग गर्ने भएको छ। कार्य पालिकाको बैठकबाट ९ सय ५४ घरधुरी परिवारलाई खाद्यान्न सहयोग गर्ने निर्णय भएको वडा नम्वर १ का वडा अध्यक्ष तिर्थनारायण श्रेष्ठले बताए। ‘पहिलो चरणमा ९ सय ५४ घरपरिवार छनौट भएका छन्।’ अध्यक्ष श्रेष्ठले भने, अब, अर्को चरणमा खाद्यान्न अभाव भएका अरु परिवारले पनि पाउनेछन्।’

नगरपालिकाभर दैनिक खर्च जुटाउन नसक्ने परिवार छनौट गरेर खाद्यान्न वितरणको कार्यक्रम ल्याईएको नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्काले बताए।

 

प्रकाशित: २२ चैत्र २०७६ ०८:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App