समाज

आइसोलेसनमा राखिएका तीन जनाको रिर्पोट नेगेटिभ

पाँचथर – पाँचथर जिल्ला अस्पतालमा आईसुलेसनमा राखिएका तीन जना विरामीको कोरोना भाईरस (कोभीड–१९) रिर्पोट नेगेटिभ देखिएको छ। विपि कोईराला मेमोरिय अस्पताल धरानमा भएको परिक्षणको क्रममा उनीहरुको रिर्पोट नेगेटिभ देखिएको हो।

विदेशबाट फर्किएका तथा ज्वरो देखिएका उनीहरुको परीक्षण गर्दा कोरोना भाईरस नभेटिएको हो। तीनै जनाको रिर्पोट नेगेटिभ आएको जिल्ला अस्पताल पाँचथरका प्रमुखडा. वुद्धि बहादुर थापाले बताए।

दुई जनालाई शुक्रवार आइसोलेसनमा राखिएको थियो भने अर्को एक जनालाई दुई दिनपछि आईसोलेसनमा राखेर उपचार गरिएको थियो। कोरोना भाईरसको नेगेटिभ रिर्पोट आएपछि तीनै जनालाई डिस्चार्ज गरिएको अस्पतालका डा. विशाल नेपालीले जानकारी दिए। डा. नेपालीकाअनुसार उनीहरुको स्वास्थ्यमा राम्रो भएकाले घर पठाईएको छ।

बुधवार साझसम्मपाँचथरमा ५६ जनाक्वारेन्टाईनमा छन्। प्राप्तजानकारी अनुसार ११ महिला र ४५ पुरुष रहेका छन्। क्वारेन्टाईनमा बसेका मध्ये ४ जना घर फर्किएका छन्। 

 

प्रकाशित: १९ चैत्र २०७६ १५:२२ बुधबार

आईसोलेसन रिर्पोट_नेगेटिभ काेराेना