समाज

मानेभञ्ज्याङ नाकाबाट छिरेका आठजना पक्राउ

इलाम - पूर्वी भारतीय सीमा नाका मानेभञ्ज्याङबाट प्रवेश गरेका ८ जनालाई प्रहरीले पक्रेको छ। भारतबाट काम गरेर आएका कामदार नाका छिरेर आएपछि बुधबार पक्राउ परेका हुन्।

तेह«थुमको फेदापका ३० वर्षे दिलबहादुर भुजेल, २२ वर्षे गंगाबहादुर भुजेल, ४१ वर्षे राजकुमार भुजेल, १८ वर्षे टेकेन्द्र भुजेल, त्यही उमेरका सुमन भुजेल, २२ वर्षे धनबहादुर भुजेल, २० वर्षे संगम भुजेल र ३४ वर्षे जंगबहादुर भुजेल पक्राउ परेका हुन्।

उनीहरू महिनादेखि भारत दार्जिलिङस्थित सुकियामा काम गरेर बसेको र मानेभञ्ज्याङ नाकाबाट नेपाल छिरेको पशुपतिनगर इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर रमेश राईले बताए। 

कोरोना भाइरस ९कोभिड–१९० का कारण देश नै लक डाउन भएर नाका बन्द भएका बेला नेपाल छिरेका उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ‘उनीहरूलाई अब के गर्ने भन्ने छलफल भइरहेको छ,’ इन्स्पेक्टर राईले भने।

प्रकाशित: १९ चैत्र २०७६ ०६:४२ बुधबार

पक्राउ मानेभञ्ज्याङ_नाका काेराेना_भाइरस