डोल्पा- उपल्लो डोल्पो क्षेत्रमा बसोवास गर्ने बासिन्दा क्वारेन्टाइनलाई जेलको रुपमा लिने गरेका छन्। उपल्लो क्षेत्रमा पर्ने शे-फोक्सुण्डो र डोल्पोबुद्द गाउँपालिकाका बासिन्दहरुले क्वारेन्टाइनलाई जेलको संज्ञा दिँदै आफूहरु करेन्टाइनमा नबस्ने अडान लिएपछि विवाद समस्या भएको थियो।
शनिवारमात्र नेपालगन्जबाट डोल्पा आइपुगेका १० जना डोल्पोबुद्द र ३ जना शे फोक्सुण्डो गाउँपालिकाका बासिन्दा थिए। डोल्पोबुद्दका दशै जनालाई सदरमुकाम दुनै नभई गाउँपालिकाकै क्वारेन्टाइनमा र शे-फोक्सुण्डो गाउँपालिकाका ३ महिलालाई दुनैस्थित क्वारेन्टाइनमा राख्ने निर्णय गरिएपछि क्वारेन्टाइनमा बस्नु भन्दा आत्महत्या गरेर मर्नु ठिक भन्दै शे-फोक्सुण्डोका महिलाले आत्महत्याको प्रयास गरेका छन्।
शे-फोक्सुण्डो गापा ५ की ङाचोक गुरुङ्ग हितका ३ महिलाले भेरी नदीमा हाम फालेर आत्महत्याको प्रयास गरेका हुन्। नेपाली भाषा समेत राम्ररी बोल्न र बुझ्न नसक्ने उनीहरुले आफूसंगै आएकाहरु आफ्नै घर गए हामीहरुलाई मात्र क्वारेन्टाइनमा राख्ने भन्दै क्वारेन्टाइनमा बस्न नमान्दा नमान्दै जवरजस्ती राख्न खोज्दा आत्महत्याको प्रयास गरेका थिए।
उनीहरुलाई दुई दिनसम्म सम्झाई बुझाई फकाएपछि रोइकराई गर्न छाडेका थिए। अहिले उनीहरु जस्तै क्वारेनटाइनमा बसेका भोटबासीहरु क्वारेन्टाइनलाई स्वास्थ्यको लागि नभई जेलको रुपमा लिएको धनबहादुर सुवर्ण बुढाले बताए।
प्रकाशित: १८ चैत्र २०७६ ०८:०८ मंगलबार