समाज

बौद्ध विश्वविद्यालयको छात्रावासमा क्वारेन्टाइन

लुम्बिनी - लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावासमा ५० जना अट्ने क्वारेन्टाइन तयार गरिएको छ। लुम्बिनी सांस्कृति नगरपालिकाको व्यवस्थापनमा उक्त छात्रावासम तयार गरिएको क्वारेन्टाइन सञ्चालन हुने सोही क्षेत्रबाट राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले बताए।

उनले भने, ‘खाना, आवास र  सरसफाइको व्यवस्थापन नगरपालिकाले तथा सुरक्षाको जिम्मा नेपाली सेनाले गर्ने गरी  विश्वविद्यालयको छात्रावासमा क्वारेन्टाइन तयार भएको छ। ’ लुम्बिनी विकास परिसरभित्र रहेको छात्रावासलाई क्वारेन्टाइन बनाइएको विश्वविद्यालयका रजिष्ट्रार डा तिलक आचार्यले बताए। रासस

 

प्रकाशित: १८ चैत्र २०७६ ०४:३३ मंगलबार

छात्रावास क्वारेन्टाइन