समाज

एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते

सिन्धुली- विपी राजमार्ग अन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका ७ माझीटारमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। काठमाडौबाट धनुषातर्फ गइरहेको ज १ च ७७७ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भई सडकबाट ३५ फिट तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रञ्जु सिग्देलले जानकारी दिइन्।

धनुषा सबैला नगरपालिका ४ का अनिल यादब काठमाडौस्थित बयोदा अस्पताल बल्खुमा उपचार पश्चात डिस्चार्ज भई धनुषा घर तर्फ फर्कनेक्रममा उनीसहित उनका आफन्त चढेको एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ। एसपी सिग्देलका अनुसार दुर्घटनामा परि घाइते हुनेमा धनुषा सबैलाई नगरपालिका ४ पटेर्वा बस्ने वर्ष २१ का अनिल यादव, सोही ठाँउकी वर्ष २० की सन्जु यादव, वर्ष ३० का मदन यादव, वर्ष २८ का श्रीराम यादव, सिराहा मिर्चैया नगरपालिका ३ राँगे बस्ने वर्ष २५ की सुशिला यादव र सोही स्थानका वर्ष ३५ का संजिवकुमार यादव छन्।
दुर्घटनाग्रस्त एम्बुलेन्सका चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

प्रकाशित: १७ चैत्र २०७६ ०९:२५ सोमबार

एम्बुलेन्स_दुर्घटना घाइते