समाज

मादक पदार्थ ओसार–पसार गर्ने दुई जना नियन्त्रणमा

मदिरासँगै नियन्त्रणमा लिइएका दुई जना । तस्बिर : प्रहरी स्रोत

म्याग्दी- अत्यावश्यक सामान ढुवानीको बाहनामा मादक पदार्थ ओसार–पसार गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले नियन्त्रणमा लिएको छ।

लकडाउनको अवज्ञा गर्दै बेनीबाट रघुगंगा गाउँपालिकाको राखु तर्फ जाँदै गरेको ग२च ८८६९ नं.को जिपबाट बे.न.पा.०८ बस्ने वर्ष १९ को सुनिलकुमार शाह र सहचालक जिल्ला पर्वत जलजला गाप .वडा नं.०३ बस्ने वर्ष १८ को असल परियारलाई ६ कार्टुन मादक पदार्थसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले बताए। ‘अत्यावश्यक सामान ढुवानीका गाडीलाई पनि चेकजाँच सुरु गरेका छौ,‘ निषेधाज्ञाविरूद्धका कार्य गर्नेलाई कारवाही गर्छौ’ प्रनाउ कुँवरले भने।

गत चैत्र ११ गतेदेखि विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन जारी गरिएको लकडाउनमा अत्यावश्यक वस्तु र सेवा मात्र संचालनको आदेश जारी गरिएको अवस्थामामा लुकिछिपी कालोबजारी गर्ने,मदिरा जन्य पदार्थको ढुवानी तथा कारोबार,अत्यावश्यक बाहेक हिँडडुलमा लगाइएको प्रतिबन्धलाई सोमबारदेखि थप कडाई गरिएको सूचना अधिकृत एवम् प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले बताए। उनका अनुसार खाद्यान्न सामग्री बोकेको सवारीसाधनलाई समेत निगरानीमा राखिएको छ।

मदिरासँगै नियन्त्रणमा लिइएकालाई संक्रामक रोग ऐन २०२० को दफा २ को उपदफा १ बमोजिम नेपाल सरकारले गरेको आदेशको अपहेलना कसुरमा सोही ऐनको दफा ३ को उपदफा १ बमोजिम कानूनी कारबाही समेत गरिएको छ। ऐन अन्तरगत प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले दुवै जनालाई ३ दिन कैद र १ हजार जरिवाना समेत तोकेका छन्। लकडाउन यता संक्रामक रोग ऐन २०२० ऐनमा म्याग्दीमा पहिलो हो।

 

 

प्रकाशित: १७ चैत्र २०७६ ०८:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App