समाज

तीन जना स्वास्थ्यकर्मीको नमूना संकलन

धनगढी - कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएका युवाको उपचारमा संलग्न सेती प्रादेशिक अस्पतालका ३ जना स्वास्थ्यकर्मीको पनि आइतवार नमुना संकलन गरिएको छ। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको स्वास्थ्य सुरक्षा सामग्रीको पर्याप्तता नभएर पनि स्वास्थ्यकर्मी स्वाव संकलन लगायत विरामीको उपचारमा संलग्न रहेका छन्।

 चैत ११ गते अस्पताल भर्ना भएका धनगढी उपमहानगरपालिका वानं ५ का ३४ वर्षिय युवकको नमुना जाँचको रिपोट पोजेटिभ आएपछि उपचारमा संलग्न स्वास्थ्यकर्मीको पनि नमुना जाँच गर्न थालिएको हो। ‘कोरोना भाइरस कोभिड १९ को जाँचका लागी संक्रमित युवाको उपचारमा संलग्न ३ स्वास्थ्यकर्मीको नमुना संकलन गरेका छौं’सेती प्रादेशिक अस्पताल आकस्मिक कक्ष बिभाग प्रमुख जगदिश जोशीले भने।
 नमुना संकलन गरेपनि जाँचका लागी पठाउने गाडीको व्यवस्था नहुदाँ आइतवार पठाउन सकिएको छैन। सुरक्षा सामग्री नहुदाँ एक युवामा कोरोनाको संक्रमण देखिएपछि स्वास्थ्यकर्मीले ट्रेसमा कामगर्नु परेको बताएका छन्। चाइनावाट ल्याइएका पिपिईं लगायतका सामग्री उपलब्ध भएमा सजिलो हुने आशा उनीहरुले गरेका छन्। 
७ जनाको स्वाव संकलन
आइतवार तीन स्वास्थ्यकर्मी सहित ७ जनाको नोवेल कोरोना भाइरस संक्रमणको जाँचका लागी नमुना संकलन गरिएको छ। नमुना संकलन गरिएकामा एक जना अष्ट्रेलियावाट आएका र ३ जना भारतवाट आएका रहेको अस्पताल आकस्मिक कक्ष बिभाग प्रमुख जोशीले बताएका छन्।

‘गाडीको बन्दोवस्त भएपछि ७ जनाको रिपोट जाँचका लागी पठाइने छ’उनले भने। लकडाउनले स्थलगत यातायात र हवाई उडान बन्द हुदाँ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नमुना पठाउन कठिनाई र ढिला हुने गरेको छ। नियमित एम्वुलेन्सको व्यवस्था पनि नहुदाँ ३, ४ दिनपछि मात्र नमुना पठाइने गरेको छ।

 सेती अस्पतालवाट यस अघि चैत १२ गते ८ जनाको नमुना पठाइएकोमा १ जनाको पोजेटिभ र ७ जनाको नेगेटिभ आएको थियो। फ्रान्सवाट आएकि कोरोना संक्रमित युवतीसँगै आएका एक जना चैत १२ गतेदेखि सेती अस्पतालमा आइसोलेसनमा उपचार गराईरहेका छन। उनी लगायत सेती अस्पतालका ३ जनाको नमुना शनिवार मात्रै गाडीमा पठाइएकोले रिपोट आउन वाँकी छ।
संक्रमित युवाका परिवारका मान्छेको नमुना संकलन गरिएन
संक्रमित युवाका परिवारका व्यक्तीको कोरोना भाइरसको संक्रमण भए नभएको जाँच गर्न नमुना संकलन गरिएको छैन। शनिवार सेती अस्पातल आकस्मिक कक्ष बिभाग प्रमुख जोशीले गाडीको व्यवस्था नगरिएकोमा कहिले पठाउने भन्ने टुंगो नभएकोले नमुना संकलन नगरिएको बताएका थिए।

 सोमवार ७ जनाको नमुना संकलन गरेपनि उनीहरुको गरिएन। ‘संक्रमित युवाको परिवारका मान्छेमा कुनै लक्षण नदेखिएकाले तत्काल उनीहरुको नमुना संकलन नगर्ने भन्ने भएकोले गरिएको छैन’उनले भने।
संक्रमित युवाको परिवारमा रहेका आमा, वुवा, दाजु भाउजु, दाजु भाउजुका छोराछोरी २ जना, उनको श्रीमती र ४ बर्षिय छोरी गरेर घरमा ८ जना र उनलाई अस्पताल पुगाउने आफन्त १ जना गरेर ९ जनालाई क्वारेन्टाइनमा राखिएको छ। आशंका बढेकाले आफ्नो पनि नमुना जााँच गरिदिन उनका परिवारका व्यक्तीले आग्रह गरेका छन।‘शंका लागेकोले हाम्रो पनि नमुना जाँच गरिदिन अनुरोध गर्दछुँ’उनको श्रीमतीले भनिन्।
संक्रमित युवासँग कस कसले यात्रा गरे र कस कसले भेट गरे भनेर अहिले सम्म प्रशासनले पत्ता लगाउन सकेको छैन।
चैत ७ अर्थात मार्च २० तारेखमा दुवैई वाट दिल्ली हुदै काठमाण्डौ आएका थिए। त्यस दिन धापासी स्थित मामाको घरमा वसेका उनी ददोश्रो दिन चैत ८ गते बुद्ध ऐयरलाईन्सवाट नेपालगंज आए। नेपालगंज बिमानस्थलवाट कोहोलपुर सम्म अटोमा, कोहलपुरवाट हाइसमा अत्तरिया र  अत्तरियावाट विंगर(जिप)मा धनगढी चौराह र त्याहाँवाट अटोमा उनी घर पुगेका थिए।
जाँचका लागि नमुना पठाउन नै सकस

नमुना संकलन गरेर पठाउन ठुलो समस्या बनेको छ। ४, ५ दिन अस्पताल भर्ना भएकाहरुको पनि रिपोट नआउदा उपचार गर्ने श्वास्थ्यकर्मीलाई समस्या हुने गरको छ भने उनीहरुको परिवारका मान्छेलाई पनि क्वारेन्टाइनमा राख्न सकिएको छैन। चाइनावाट ल्याइएको मेसिन संघिय सरकारले सुदूरपश्चिममा पठाएर प्रयोगशाला स्थापना गर्ने भनेपनि यस प्रदेशमै नमुना जाँच शुरु हुन केही समय लाग्ने चिकित्सक जोशी बताउछन। यस प्रदेशमै जाँच शुरु हुनुभन्दा पहिलेसम्म छिटो नमुना पठाएर रिपोट छिटो आउने व्यवस्था गरिनुपर्ने उनको भनाई छ।
सुदूरपश्चिमवाट अहिलेसम्म २७ वटा नमुना जाँच गरिएकोमा १ पोजेटिभ र २६ नेगेटिभ आएको प्रदेश जनस्वाथ्य प्रयोगशालाका निमित्त प्रमुख अस्मिता सापकोटाले बताइन्। शनिवार बिहान पठाएका ५ वटा नमुनाको रिपोट आउन बाँकी छ।

प्रकाशित: १६ चैत्र २०७६ १५:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App