काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि नेपाल सरकारले मङ्गलबारदेखि लकडाउन गरेको तेस्रो दिन बिहीबार पनि काठमाडौं सुनसान देखिएको छ। अरुबेला एकदम व्यस्त र सवारीको चाप हुने काठमाडौंका सडकहरु हिजोदेखि सुनसान भएका भएका हुन्। सडकमा सेना, प्रहरी, पत्रकार तथा एम्बुलेन्स र अत्यावश्यक सवारी साधन मात्र देखिएको छ।
सरकारले भोज, सभा सम्मेलन तथा भिडभाडका कार्यक्रमहरु नगर्न आह्वान गरेको एक महिना पुगेको छ। सभा सम्मेलन मात्रै हैन धार्मिक तथा अन्य कुनै पनि सामाजिक कार्यहरू पनि रोकिएका छन्।
बिहानैदेखि भक्तजनको ठूलो भीड लाग्ने पशुपतिनाथ मन्दिरमा हिजोआज मानवीय चहलपहल छैन्। रातको समयमा समेत खाली नहुने पशुपतिनाथ मन्दिर परिसर यतिबेला सुनसान छ।
पशुपतिनाथसँगै रहेको आर्यघाट पनि हिजोआज भने सुनसान छ। अहिले शव जलाउने घाट पनि खाली छन्। सामान्य अवस्थामा चितामा दिनको १३/१४ वटा शव मात्रै जलाइन्छ।
लास ल्याउने क्रममा बढीमा ५ देखि १० जनाभन्दा बढी मलामी नआएको लास जलाउँदै गरेका एक व्यक्तिले बताए। कोरानाको त्रासले २÷३ जना मात्रैले पनि लास जलाएर गएको उनले सुनाए । अहिले चितामा जलाउनेभन्दा विद्युत गृहमा जलाउने बढी छन्।
प्रकाशित: १३ चैत्र २०७६ १४:४८ बिहीबार