समाज

सिन्धुलीको दुधौलीमा हात्तिको आक्रमणबाट दुई घाइते

सिन्धुली- यहाँको दुधौली नगरपालिकामा हात्तिको आक्रमणबाट दुई जना घाइते भएका छन्। बिहीबार विहान सिन्धुलीको दुधौली नगरपालिका २ मा हात्तिको आक्रमणबाट एक दम्पत्ति घाइते भएका हुन्।  

हात्तीको आक्रमणबाट दुधौली नगरपालिका २ गिचिहानीका ४५ वर्षीय देबु धामी र उनकी ४८ वर्षीया श्रीमती फुलवती धामी घाइते भएका छन्। हात्तिले उनिहरुलाई बिहीबार बिहान आक्रमण गरेको स्थानीयले जनाएका छन्। आक्रमणबाट देवु धामीको खुट्टा र टाउकोमा चोट लागेको छ।

घाइते दुवैजनाको अहिले आमा मेमेरियल अस्पताल डकाहामा उपचार भइरहेको छ। हात्तीले धामीको घर समेत हात्तिले भत्काएको स्थानीय बासिन्दाले बताएका छन्।

प्रकाशित: १३ चैत्र २०७६ ०९:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App