समाज

टेलिकमको रिङव्याक टोनमा कोरोना सन्देश

काठमाडौं- नेपाल टेलिकमले कोभिड–१९ को संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा कोरोना सन्देश दिन थालेको छ। नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश दिन थालिएको हो। टेलिकमले अन्य नम्बरमा सम्पर्क गर्दा तथा ३२१०० नम्बर डायल गरी निःशुल्क रुपमा कोभिड–१९ बारे जानकारीमूलक सामग्री सुन्न सकिने व्यवस्था गरेको टेलिकमले जाएको छ।

उक्त नम्बरमा कल गरेपछि कोरोना भाइरस के हो, यसका लक्षणहरु, यो कसरी फैलिन्छ, बच्ने तरिका, उपचार विधि, अपनाउनु पर्ने सावधानीबारे जनचेतना सन्देश दिएको छ।

प्रकाशित: ६ चैत्र २०७६ ०८:१५ बिहीबार

टेलिकम कोरोना_सन्देश कोरोना_भाइरस कोभिड_१९