समाज

चन्दा असुल्ने एक पक्राउ

भक्तपुर – विभिन्न पार्टीको नाममा नक्कली लेटर प्याड तयार गरी चन्दा असुल्दै हिड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल मजदुर किसान पार्टीको नाममा नक्कली लेटर प्याड बनाएर चन्दा माग्दै गर्दा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–७ हेपाली का ५० वर्षीय गोपालबहादुर पुर्कोटीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ। उनलाई भक्तपुर मध्यपुर ठिमी नगरपालिका–५ मा चन्दा असुल्दै गर्दा पक्राउ गरिएको प्रहरीको भनाइ छ। विद्यालय, वित्तिय सहकारी संस्था, स्वास्थ्य संस्थालगायतका क्षेत्रमा जबरजस्ती चन्दा माग्दै गरेको विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। पक्राउ परेका व्यक्तिको साथबाट नेपाल मजदुर किसान पार्टी केन्द्रीय समिति लेखिएको रसिद, चन्दा सहयोगका लागि लेखिएको पत्र, प्रभु बैंकको नगद जम्मा भौचरलगायतका सामग्री फेला परेको बताइएको छ।

प्रकाशित: ६ चैत्र २०७६ ०३:४९ बिहीबार

चन्दा पक्राउ