समाज

चट्याङ लागेर म्याग्दीमा दुईको मृत्यु, दुई घाइते

म्याग्दी- उत्तरी म्याग्दीको खिवाङ गाउँमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। अन्नपूर्णगाउँपालिका–६ खिवाङकी ४१ वर्षिया यामकुमारी गर्बुजा र २६ वर्षिय रविन पुनको शनिबार राति चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

राति सुतिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते अवस्थामा भेटिएका दुवै जनालाई बेनी अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषित गरेको प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले बताए। खिवाङमै चट्याङले दुईजना घाइते भएका छन्। घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको छ।

शनिबार राति बर्षासँगै परेको चट्याङले जिल्लाका अन्य क्षेत्रमा समेत असर गरेको हुन सक्ने अनुमान गरिएको छ।

 

 

प्रकाशित: २ चैत्र २०७६ ०७:५२ आइतबार

चट्याङ म्याग्दी