समाज

सालको पात बेचेर जीवन गुजार्दै ६२ वर्षिया महिला

काठमाडाैँ - पाँचखाल नगरपालिका–२ रातो पहिरोका ६२ वर्षीया खड्कादेवी चौलागाई बल्ल सुरक्षित घरभित्र बस्न पाएकी छिन्। विनाशकारी भूकम्पले घर भत्काएपछि उनी करिब साढे चार वर्षसम्म नजिकैको मन्दिरको पाटीमा त्रिपाल र बोराले बेरेर बस्दै जीवन गुजार्दै आएकी थिइन।

कमाएर खाने जग्गाजमिन समेत नहुँदा उनले सालको पात बेचेर दैनिक छाक टार्न बाध्य थिइन्।  ‘नेपाल पुनःनिर्माण सहयोग कार्यक्रम’ अन्तर्गत ह्याबिट्याट फर ह्युमानिटीको आर्थिक सहयोगमा ‘आर्किटेक्चर्स सान्स फ्रन्टियर्स’नामक सस्थाले घर बनाउन सहयोग गरेपछि अहिले  चिटिक्क भूकम्प प्रतिरोधी घरभित्र बस्न पाएकी छिन्। नयाँ घरमा बस्छु भनेर कल्पना समेत गरेको थिइन। उनले भनिन

पाटीमा कहिले पानी चुहिने र कहिले हावाहुरीको सामना गरेर करिब साढे चार वर्ष बिताइयो, आपतविपातकै अवस्थामा जीवन गुजारा गरेकै अवस्थाबाट अहिले नयाँ घर पाएको छु। उनले खुशी हुँदै भनिन, अहिले आनन्दका साथ बस्न पाएको छु। श्रीमान् साथमा नभएको र भएका तीन छोराहरुमध्ये जेठो र कान्छो भिन्दै बसिसकेकाले आफूसँगै बस्ने माइलो छोरा मानसिक सन्तुलन ठीक नभएको कारण कतिखेर कहाँ हिँड्छ थाहा नहुने अवस्थामा रहेको उनले बताइन। अहिले आफूले पनि काम गर्न नसक्ने र सँगै भएका छोराको पनि उचित साथ नपाएपछि निकै समस्यामा छु। उनले बताइन।

भएको नौ आना जग्गामा भएको कमाइले खाना नपुग्ने भएकाले सालकाे पात बेचेर खाने विकल्प भन्दा अरू नभएको उनको भनाइ छ। त्यो पनि हिँड्न सकुञ्जेल हो, अब कसरी चुलो बाल्ने हो ? बिलौना गर्दै उनले भनिन, बल्ल घरमा बस्न पाएँ, अब कसरी पेट पाल्ने हो। समस्यामा परेको उहाँलाई पाँचखाल नगरपालिका–२ को समन्वयमा सो सस्थाले घर बनाएर हस्तान्तरण गरेको हो।  सरकारबाट प्राप्त  तीन लाख रकममा एक लाख पचास हजार थप गरी स्वयंसेवकहरु खटाएर घर निर्माण गरिदिएको सो सस्थाका परियोजना अधिकृत सिमराज दनुवारले जानकारी दिए।  महिलाले पाटीमा नै बास गरेको देखेपछि वडा कार्यालयसँगको समन्वयमा घर निर्माण गर्न आवश्यक सहयोग गरेका हौँ। उनले बताए।

प्रकाशित: २३ फाल्गुन २०७६ ०५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App