समाज

सञ्जेलले सफाइ पाए

काठमाडौं – जिल्ला अदालत काठमाडौंले आत्महत्या गर्न दुरुत्साहन दिएको मुद्दामा समता अस्पतालका सञ्चालक उत्तम सञ्जेललाई सफाइ दिएको छ। न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले सञ्जेलविरुद्धको मुद्दामा दाबी नपुग्ने फैसला गरेको हो।

गत असारमा बौद्धस्थित समता अस्पतालमा कार्यरत एक युवती झुण्डीएको अवस्थामा फेला परेकी थिइन्। ती युवतीलाई आत्महत्या गर्न दुरुत्साहन दिएको भन्दै सञ्जेलविरुद्ध मुद्दा परेको थियो। युवतीको मृत्युको विषयलाई लिएर आफन्त तथा स्थानीयले प्रर्दशनसमेत गरेका थिए। युवतीको आत्महत्या नभएर हत्या भएको भन्दै छानविन गर्न मागसहित अस्पतालमै नाराबाजी गरेका थिए। अस्पताल परिसरमा रामेछाप दोरम्बा घर भएकी २७ वर्षीया कर्मचारी बिमला तामाङ झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उनका आफन्तले दर्ता गरेको मुद्दामा प्रमाण दाबी पुग्न नसकेको भन्दै जिल्ला अदालतले सञ्जेललाई सफाइ दिएको हो।

प्रकाशित: २२ फाल्गुन २०७६ ०३:३० बिहीबार

उत्तम_सञ्जेल जिल्ला_अदालत सफाइ