समाज

पूर्वडिएसपी पक्राउ

ललितपुर – यौनहिंसाको आरोप लागेका पूर्व प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार खिउजूलाई महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार पक्राउ गरेको छ। ललितपुरकी एक युवतीले आफू खिउजूबाट बलात्कृत भएको भन्दै प्रहरीसमक्ष उजुरी दर्ता गरेकी थिइन्। सोही उजुरीका आधारमा जिल्ला अदालतले गत माघ २३ मा खिउजूविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। सोही आधारमा भक्तपुरबाट ललितपुर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनीमाथि पटकपटक जबरजस्ती करणी गरेको आरोप छ। गत साउनमा सरुवा भइ मोरङ पुगेका खिउजूले चापागाउँ रहँदा पटकपटक यौनहिंसा गरेको आरोप लगाएर ती युवतीले उजुरी दिने थाहा पाएपछि गत पुसमै उनले राजीनामा दिएका थिए। चापागाउँमा डेरा गरी बस्ने ती युवतीले सोही समय खिउजूले आफ्नै कार्यकक्षमा जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख गरेकी छन्।

प्रकाशित: २२ फाल्गुन २०७६ ०२:३० बिहीबार

यौनहिंसा पक्राउ