समाज

निर्माणाधिन पुलको फर्मा भाचिँदा तीन जना घाइते

टेका लगाएर जोडिएको फर्मा खसेको पुल ।

गोरखा- पालुङटार नगरपालिका र तनहुँको तुरतुरे जोड्ने गरी निर्माण भईरहेको पुलमा फर्मा भाचिँदा तीन जना घाइते भएका छन्। गौरी पार्वती निर्माण सेवाले ठेक्का लिएको उक्त पुलमा ढलान गर्न जोडिँदै गरिएको फलामे पाता (स्ल्याब) र फलामे पोलको टेका चुटिंदा काम गरिरहेका बर्दिया घर भई पुल निर्माणमा काम गर्दै आएका सुनिल थारु, राजु थारु, संन्दिप थारु घाइते भएका हुन्।

घाइते दुई जनाको अवस्था समान्य रहेको र सुनीलको कम्मर मुनीको भागमा गम्भीर चोट लागेकाले उपचारका लागि काठमाडौँ रिफर गरिएको छ। उनको न्यूरो अस्पतालमा उपचार भईरहेको गोरखाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए। समान्य घाइते दुई जनाको डुम्रेस्थित अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ।

 

 

प्रकाशित: २१ फाल्गुन २०७६ ११:५५ बुधबार

निर्माणाधिन_पुल फर्मा