समाज

जीप पल्टिदा १४ जना घाइते

कपिलवस्तु- तौलिहवा– जितपुर सडक खन्ड अन्रगत कपिलवस्तु नगरपालिका वडा नम्बर ३ महितामा लु १ ज ९०५ नम्बरको जीप पल्टिदा १४ जना घाइते भएका छन्। कुस्मादेखि तौहिवा तर्फ गईरहेको जीप बिहान १० बजेतिर अनियन्त्रित भई पल्टिएको थियो।

प्राचीन यातायात कपिलवस्तुको गाडी पल्टिँदा कपिलवस्तु नगरपालिका वडा नम्बर ६ सेमरी बस्ने शिह्क्षिका ४५ वर्षिया पुस्पा भट्टराई गम्भीर घाइते भएका प्रहरी नायब उपरिक्षक सुनल मल्ल्ले बताए। घाइते १४ जनाको कपिलवस्तु अस्पताल तौलिहवामा उपचार भाइरहेको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ।

कपिलवस्तु नगरपालिका वडा नम्बर १० कुस्मादेखि तौलिहवा आउदै गरेको जीपको स्टेरिङ टुटेर दुर्घटना भएको प्रहरीले जनएको छ।

प्रकाशित: २१ फाल्गुन २०७६ ०६:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App