समाज

इटहरीमा सैनिक अस्पतालको सेवा सुरु

काठमाडौं - नेपाली सेनाले सुनसरीको इटहरीमा सैनिक अस्पताल निर्माण गरेको छ। ५० सैय्याको अस्पतालको शुक्रबार प्रधानसेनापती पूर्णचन्द्र थापाले उद्घाटन गरे।

नेपाली सेनाका बहालवाला तथा भूतपूर्व सैनिक र सैनिकहरुका आश्रित परिवारहरुलाई स्थानीय तहमा नै स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सैनिक कल्याणकारी कोषको लगानीमा उक्त अस्पताल निर्माण गरिएको हो। २०७४ कार्तिक १५ मा अस्पतालको निर्माण सुरु गरिएको थियो। अस्पतालले जनरल ओ.पि.डि., मेडिकल ओ.पि.डि., डेन्टल, प्याथोलोजी, ई.एन.टि., गाईनो, फार्मेसी, रेडियोलोजी, फिजियोथेरापी र माइनर ओ.टी. लगायतका सेवाहरु संचालनमा ल्याइएको छ।

 

 

प्रकाशित: १६ फाल्गुन २०७६ ११:१२ शुक्रबार

सैनिक_अस्पताल इटरी सेवा