समाज

‘पश्चिमी पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना’

काठमाडौ – मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) पश्चिमी पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

‘शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भू–भागका थोरै स्थान र पश्चिमी पहाडका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यसैगरी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ,’ महाशाखाले भनेको छ।

शनिबार राति पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहने बताइएको छ। यसैगरी आइतबार दिउँसो र राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

महाशाखाका अनुसार हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ। शुक्रबार देशभर सामान्य बदली भई पश्चिमका केही स्थानमा हल्का वर्षा भएको थियो।

महाशाखाले पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित: १० फाल्गुन २०७६ ०२:२९ शनिबार

मौसम