समाज

कोरोना भाइरसको त्रास हटाउन घरघर पुगेर सचेतना

भक्तपुर- भक्तपुरको खरिपाटीलाई क्वारेन्टाइनस्थल बनाएसँंगै स्थानीय त्रसित हुने क्रम नरोकेपछि घरघरमा पुगेर जनचेतना दिने काम भएको छ। कोेरोना भाइरस आक्रान्त चीनमा रहेका नेपालीलाई उद्धार गरी भक्तपुरको खरिपाटीको क्वारेन्टाइनमा राखेसँंगै त्रसित हुन नछोडेपछि खरिपाटी आसपासका घरघरमा पुगेर जनचेतना जगाउने काम भएको हो। क्वारेन्टाइन क्षेत्र बनाइएको नेपाल विद्युत प्राधीकरण खरिपाटी भक्तपुर वरिपरिका घरघरमा पुगेर, पर्चा, माक्स वितरणका साथै कोरोना भाइरसबारे जानकारी गरी जनचेतना जगाउने काम भएको हो।  

यसअघि स्कुल, कलेज, संघसंस्था, टोलटोलमा भेला गराई कोरोना भाइरसबारे जानकारी दिइदै आएकोमा क्वारेन्टाइन नजिककाबासी त्रसित हुन नछाडेपछि स्थानीयका घरघरमा पुगेर जनचेतना जगाउने काम भएको छ। नेपाल सरकार स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटीलगायतको सक्रियतामा जनेचतनाको काम भएको हो। यस काममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, एसपी सविन प्रधान, नेपाल रेडक्रस सोसाइटी भक्तपुरका अध्यक्ष मनोजकुमार थापालगायतले सक्रिय सहभागिता जनाउँंदै आएका छन्।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति थापाले घरघरमा पुगेर जनचेतना जगाउने काम भएको बताए। उनका अनुसार क्वारेन्टाइन आसपासका नगरकोट, सुडाल, वागीश्वरीलगायतका क्षेत्रहरुका घरहरुमा पुगेर जनचेतनाको काम भएको छ। घरबाहेक स्कुल, कलेज, टोलबासी भेलालगायतका काम गरी जनचेतना जगाउने काम भएको उनले सुनाए।   

क्वारेन्टाइनमा आइतबार बिहानदेखि चीनबाट उद्धार गरी ल्याएका नेपाली राख्न थालिएको थियो। त्यही दिनबाट क्वारेन्टाइनस्थल प्रवेश गर्ने मुख्य प्रवेशद्धारमा हेल्प डेक्स राख्न सुरु गरेको थियो। यसका साथै चीनमा रहेको नेपाली लिन गएको विमानका चालक, सहचालकलगायतलाई क्वारेन्टाइन राखेको नगरकोटमा पनि हेल्प डेस्क राखिएको छ। ती दुई हेल्प डेस्कहरुबाट पनि कारोना भाइरसबारे पर्चा, माक्र्स वितरण गर्नेलगायतका काम गरी सर्वसाधारणलाई सचेतना गर्ने गरिरहेको छ।

हेल्प डेक्स बिहान १० देखि ५ बजेसम्मको लागि सञ्चालनमा हुन्छ। हेल्प डेस्क क्वारेन्टनमा फर्काइएका नेपाली राखिएसम्म रहने जनाइएको छ। मानव वस्तीबीचमा रहेको खरिपाटीलाई क्वारेन्टाइन नबनाउन निरन्तर विरोध गर्दै आएका कति स्थानीयहरु आवश्यक जनचेतनाको अभावमा अहिले पनि डरत्रासमै छन्।

प्रकाशित: ७ फाल्गुन २०७६ ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App